बुटवल,बैशाख २८ । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकि श्रीमती पैसा बाँडेकोमा पक्राउ परेकी छिन्। उनीमाथि पैसा बाडेको आरोप लागेको छ ।
वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई फेला पारेपछि उनी स्थानीयको घरमा लुकेर बसेकी थिईन्।
सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् ।
प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार