२०८३ असोज २८ गते बुधवार

जुम्लामा २ दिनदेखि इन्टरनेट सेवा बन्द, काम प्रभावित

जुम्ला,बैशाख २ । जुम्लामा दुई दिनदेखि इन्टरनेट सेवा बन्द भएको छ ।

इन्टरनेट बन्द हुँदा सरकारी कामकाजदेखि अन्य काम प्रभावित भएको छ । मोबाइल डाटा पनि नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।

नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले इन्टरनेट नहुँदा समाचार पठाउन समेत सकस भइरहेको जानकारी दिए ।

नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार दैलेखको रातालाग्नादेखि कालीकोटको भर्ताबीचमा समस्या आएको छ ।

अहिले समस्या देखिएको ठाउँमा टेलिकमको टोली पुगिसकेको र काम थालेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *