२०८३ बैशाख १६ गते बुधवार

दाङका पाँच दलको प्रतिबेदन – गठबन्धले साझा उम्मेदवार बनाए क्लिन स्वीप हुन्छ

तुलसीपुर, चैत २७ । आइतबार घोराहीमा पाँच दलिय गठबन्धनको बैठक बस्यो ।

नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगी, नेकपा माओबादी केन्द्रका अध्यक्ष सुबाश पुन, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले केन्द्रमा तयार पारेको प्रतिबेदन पठाएको छ ।

दाङबाट पाँच दलिय चुनाबी प्रतिबेदन तयार पारी केन्द्रमा साझा प्रतिबेदन पठाएको हो ।

उक्त प्रतिबदेनमा गठबन्धन अनुसार साझा उम्मेदवार प्रस्तुत गर्न सके जिल्लाका दशै पालिका र सबै एक सय वडाहरुमा जित्ने दाबी गरिएको छ ।

केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रुपमा छलफल गरि संयुक्त रुपमा यथार्थ बस्तुस्थितिको बिबरण पठाइएको काँग्रेस जिल्ला सभापति डाँगीले जानकारी दिए ।

सभापति डाँगीले दाङ काँग्रेसको उर्बर भूमि भएको दाबी गर्दै एक्लै उभिएपनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिन स्वीप हुने दाबी गरे ।

तर, उम्मेदवारको हकमा केन्द्रमा पाँच दलिय गठन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरुप छलफल हुने सभापति डाँगीले बताए ।

कहाँ को उम्मेदवार र कस्को उम्मेदवार ? भन्ने हकमा केही कुरा भन्न नसक्ने अवस्था रहेको उनले स्पष्ट पारे ।

दाङ एमाले महासचिव शंकर पोखरेल, माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा, नेपाली काँग्रेसका नेता दीपक गिरी लगाएतका चर्चित नेताहरुको जिल्ला हो ।

दाङ नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्का गृह जिल्ला र उनैले बिकाश तथा काँग्रेसको जग बसालेको जिल्ला पनि हो ।

यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. २ मा तालमेल गरि मिलेर उम्मेदवारी दिएका पूर्व सभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यतिखेर आमने सामने रहेका कारण जिल्लाको निर्वाचन निकै रोचक बन्ने लखहरु काट्न थालिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *