काठमाडौं,चैत २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो समयमा पाँच हजार ५९ जनाको परीक्षण गरिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो समयमा कोभिड–१९ कै कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय ४२ रहेको छ ।
प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
