२०८३ असोज २८ गते बुधवार

ईनारमा हामफाल्दा एक पुरुषको मृत्यु

दाङ,चैत २० । दाङमा इनारमा हामफाल्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरिया निवासी ३४ वर्षिय होमनारायण चौधरी रहेका छन् ।

चौधरीले आइतबार बिहान साढे ८ बजे ईनारमा हामफालेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि नेपाली सेना र प्रहरी टोली घटना स्थलमा पुगेर ईनारबाट शव निकाल्ने काम भइरहेको नेपाली सेना रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिए ।

इनारमा पानी करिब २५ फिट भएपनि पानी धेरै भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए ।

गाँउमा थाहा पाएपछि छानबिन गर्न बैठक बोलाउदा उनी त्यसबाट बच्नका लागि इनारमा हामफालेको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *