तुलसीपुर,फागुन २३ । नेपाली काग्रेसद्धारा शान्तिनगरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाली कांग्रेस शान्तिनगरले सोमवार स्व.सुवर्ण शमशेरको १११ औं जन्मजयन्ती समारोह तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली कांग्रेस शान्तिनगरको आयोजना तथा पाल्पालीको व्यवस्थापनमा संचालित चिनारी हस्पिटल प्रा.लि.तुलसीपुरको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा २५० जना भन्दा बढिले स्वास्थ्य सेवा लिएका थिए ।
विकट क्षेत्रका विभिन्न किसिमका रोगबाट पिडित विरामीले स्वास्थ्य सेवा लिएका थिए ।
नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक के.सी.को सभापतित्व तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेसका नेता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी र नेपाल तरूण दल दाङका अध्यक्ष टिकाराम घर्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा नेपाली कांग्रेस प्रदेश प्रतिनिधिहरू प्रमोद बस्नेत, झुपलाल नेपाली, भुमा सुनार, नेपाली कांग्रेस क्षेत्र नं ३ ख का उपसभापति फर्साराम डाँगी, सचिव लेवाराम आचार्य लगाएतले बोलेका थिए ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस शान्तिनगरका उपसभापति दोर्णप्रसाद के.सी.को स्वागत मन्तव्यबा सुरू भएको कार्यक्रमको सहजीकरण सचिव दिलप्रसाद लामिछानेले गरेका थिए ।
कार्यक्रम शान्तिनगर गाउँपालिका वडा नं. १ को विकट क्षेत्र बाघखोरमा भएको थियो ।