
दाङ, फागुन २० । नेपाली कांग्रेस बाँकेको नेतृत्व चुन्न शुक्रबार दोस्रो चरणको मतदान जारी छ ।
जिल्ला समन्वय समितिको हलमा बिहान १० बजेदेखि मतदान जारी छ । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । बाँकेमा कुल एक हजार चार सय ९३ मतदाता छन् ।
साढे १२ बजेसम्म करिब पाँच सय मत खसी सकेको छ । प्रतिपर्धामा संस्थापन इतरका नारायणप्रसाद गौडेल र संस्थापन पक्षधर बादशाह कुर्मी रहेका छन् ।
बिहीबार सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिष्पर्धीका बीचमा फेरि मतदान भएको हो ।
निर्वाचन परिचालन समिति बाँकेका अनुसार बिहीबार एक हजार ४५ मत खसेको थियो । जस्मा सबैभन्दा धेरै गौडेलले ५ सय ६९, कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत मात्रै प्राप्त गरेका थिए । २४ मत बदर भएको थियो।
पहिलो चरणको मतदानबाट तेस्रो भएका हमाल लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री हुन । जारी दोस्रो चरणको निर्वाचन भन्दा पहिले नै मन्त्री हमालले कुर्मीलाई समर्थन गरि सकेका छन् ।