२०८३ मङ्सिर १० गते बुधवार

कमल थापाले ब्यूँताए राप्रपा नेपाल,फागुन ७ मा घोषणा गर्ने

काठमाण्डौ,फागुन १ । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुनः ब्यूँताउने भएका छन् ।

उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् ।

२०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरका थिए । तर आफूहरुले २०७३ सालदेखि बाटो बिराएको भन्दै थापाले अहिले फेरि नियतीले ठीक ठाउँमा ल्याइपुर्‍याएको बताएका छन् ।

अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने थापाले बताएका छन् । उनले राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *