
देविराम कुसारी,गोल्टाकुरी, माघ २८। नेपाली काँग्रेस दाङको सिटामोल वितरण कार्यक्रमले गति लिएको छ ।
कोरोनाका कारण देशै भरी सिटामोलको अभाव भए पछि क्षेत्रिय प्रतिनिधि पवनकुमार आचार्यले १ लाख १० हजार ट्याब्लेट सिटामोल काँग्रेस दाङलाई हस्तान्तरण गरेका छन ।
घोराही ९ निवासी आचार्यले हस्तान्तरण गरेको सिटामोललाई स्वास्थ्य संस्था मार्फत जनताको घर–घरमा पुर्याउने अभियान थालिएको काँग्रेस दाङका सभापती शंकर डागीले जानकारी दिए । जनताको हरेक समस्यामा काँग्रेस साथमै रहेको बताउदै सभापती डांगीले काँग्रेसका हरेका कार्यकर्ता घर भेटमा लागेको पनि बताए ।
अभियान अन्तरगत उपसभापती कमानसिंह भारती, सिचव अर्जुन योगी, वालिका सम्साल लगाएतको टोलीले बबईका सभापती प्रकाश बस्नेत, शान्तिनगरका झलक केसी, दंगिशरणका शंभु गिरी, तुलसीपुर नगर सभापती शुरेस हमाललाई सिटामोल हस्तान्तरण गरेका हुन ।
अभियानमा नेकाका गिरिराज सुवेदी, राजु आचार्य, केदारनाथ पौडेल, गेहेन्द्र वली, विपना रोका लगाएतको सहभागिता रहेको थियो ।
यसैविच आज ९ शुक्रवार० दंगीशरण गाँउपालिकाका वडा स्तरमा सिटामोल बितरण गरिएको छ ।
पालिका सभापती शंभु गिरीको नेतृत्वमा पालिकाको वडा नम्वर १, २ र ३ मा सिटामोल वितरण गरिएको २ का सभापती शरदिन कुसारीले जानकारी दिए । यसरी प्रदान गरिएको सिटामोलले जनतालाई प्रत्यक्ष लाभ दिने स्वास्थ्य चाैकी दंगिसरण २ गोल्टाकुरीका प्रमुख राजेन्द्र हमालले वताए ।
पुर्ण अभाव नभए पनि सेवा ग्रहीको माग अनुिसा सिटामोल दिन नसकिएको अवस्थामा सहयोगमा आएको सिटामोलले साच्चिकै अर्थ राख्ने आधारभुत स्वास्थ्य सेवा केन्द्र दंगिशरण १ राम्पुरका प्रमुख दामोदर शर्माले बताए ।
त्यसैगरी बंगलाचुली सभापती दोर्ण केसीलाई पनि सिटामोल वितरण गरिएको छ ।
