तुलसीपुर, माघ १५ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा ६ मा आइतबार नौं वटा खोप केन्द्रबाट १२ बर्ष माथिका बिद्यार्थीलाई खोप लगाइने भएको छ ।
१२ देखि १७ बर्ष सम्मका बिद्यार्थीलाई खोप लगाइने तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
तुलसीपुर उपहानगरपालिका जन स्वास्थय प्रबद्र्धन शाखा तुलसीपुरका फोकल पर्सन केसीका अनुसार आइतबार नौं वटा विद्यालयका बालबालिकालाई खोप लगाइने भएको छ । ती बिद्यालयहरु यस प्रकार छन् ।
१ – शिखा बोर्डिङ र राप्ती बाल एकेडेमीमा गरि – ३७३ जना बिद्यार्थी ।
२ – डीभाइन टेम्पल, आदर्श बोर्डिङ,भ्याली स्टार .डीभाइन टेम्पलमा गरि – ४९० जना बिद्यार्थी ।
३ – दाङ भ्याली, लक्ष्य बोर्डिङमा – २४३ बिद्यार्थी ।
४ – गोरखा बोर्डिङका – ४९३ बिद्यार्थी ।
५ – मावि सेन्टरका – १, २८३ बिद्यार्थी ।
६ – संस्कार,पब्लिक ज्ञान ज्योतिका – ६१० बिद्यार्थी ।
७– हिमाल बोर्डिङका –२०० बिद्यार्थी ।
८ – सरस्वती र राप्ती विध्यामन्दिरका – २३५ बिद्यार्थी । ९– आइडियल ,अरनिको बोर्डिङका गरि – ७३८ बिद्यार्थी ।
२०६१ साल माघ महिनादेखि २०६६ माघ महिना सम्मका बिद्यार्थी १२ बर्षदेखि १७ उमेर समुहका बिद्यार्थीलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाइने भएको छ ।
सबै गरि माघ १६ गते ७, ६६५ जना बिद्यार्थीलाईं खोप लगाउने लक्ष्य लिइएको छ ।
त्यो बाहेक सोही समयमा १० बर्षदेखि माथिका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाइने कार्यक्रम पनि रहेको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले बताएका छन् ।
तुलसीपुर ६ वडा बाहेक अन्य वडामा १७ गतेदेखि १२ देखि १७ बर्षका बिद्यार्थीका लागि खोप सञ्चालन गरिने भएको छ ।
