२०८३ बैशाख १३ गते आइतवार

कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन ७ लाख १९ मात्रा खोप आइपुग्यो

काठमाडौं, पुस १ । कोरोनाविरुद्धको ७ लाख १९ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगेको छ ।

विहिबार बिहान एक मात्रा मात्रै लगाए पुर्ण मात्रा हुने जोन्सन एण्ड जोन्सन खोप आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा.सुरेन्द्र प्रसाद चौरसियाले जानकारी दिए ।

शुक्रबार जोन्सन एण्ड जोन्सनकै थप १४ लाख ४७ हजार मात्रा खोप आइपुग्न पनि उनले बताए । यसअघि अमेरिकाले कोभ्याक्स सुविधा अन्र्तगत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । यस्तै, २३र२४ डिसेम्बर अर्थात पुस ८–९ गते ६ लाख ६४ हजार मात्रा फाइजर खोप आउने प्रमुख डा. चौरसियाले बताए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *