२०८३ कार्तिक १२ गते बुधवार

डेंगूबाट १५ जनाको मृत्यु

काठमाडौं,मंसिर २१ । भारतको राजधानी नयाँ दिल्लीमा डेंगूबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूका विरामी रहेको भारतीय संचारमाध्यमले जनाएका छन ।

एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ लगायत कारक तत्व रहेको जनाएको छ । डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *