
तुलसीपुर, मंसिर २० । नेपाली काँग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ४ रक्षाचौर निवासी खड्काले फरककोणसंग आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन ।
पूर्व शिक्षक खड्का काँग्रेस राजनीतिमा लागेकै कारण २०३० को दशकमा दुई बर्ष जेल परेका थिए । केन्द्रीय महाधिबेशन प्रतिनिधि खड्का पार्टी भित्र सादकी जीवन सैलीका नेताका रुपमा परिचित छन् ।
नेपाली काँग्रेसको केन्द्रीय महाधिबेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
