२०८३ मङ्सिर ९ गते मङ्गलवार

‘कृपा होईन, हामीले कानूनमा प्रत्याभूत अधिकार पाउनु पर्छ’

तुलसीपुर, मंसिर १७ ।संबिधानमा ब्यबस्था भएका अधिकार कार्यान्वयन गर्न राज्यका बिभिन्न निकायलाई अपाङगता भएका ब्यक्तिले आग्रह गरेका छन ।मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको ३०औं अन्तराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागि अपाङगता भएका ब्यक्तिले अभिभावकको भूमिका खेल्न राज्य असफल भईरहेको गुनासो गरे ।

कार्यक्रममा ह्वील चियर प्रयोग कर्ता यमुना डाँगी, यज्ञ बिक,सुरेश बिक,रोषण गिरी र बञ्चुराम परियारले नेपालको संबिधान २०७२ मा उल्लेख गरिएको मौलिक हकमा अपाङगता भएका ब्यक्तिहरुको सहज पहुँच नै हुन नसकेको बताए ।

दृष्टि बिहीन रामहादुर खड्का,शारिरीक अपाङ्ग हुमाकान्त कँडेल,तिलसरा पुन, दोलखबहादुर खत्री, खेन्टु गिरी,प्रतिमा शर्मा लगायतले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हककै रूपमा किताबमा मात्रै सीमित रहेको भन्दै ब्यबहारमा उतार्न राज्य उदासिन रहेको बताएका हुन ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई कृपा होईन अवसर,रोजगार र कानूनमा भएका अधिकार पाउनु पर्ने आफुहरुको अधिकार दिनेबारे राज्यले नै जिम्मेवारी निर्वाह गर्न नसकेको उनीहरुको भनाई थियो । स्थानीय सरकारले समेत आफुहरुको हकहितका लागि केही गर्न नसकेको उनीहरुले गुनासो गरे ।

बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारी,मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रीय उपसभापति सुशील बस्नेत,शान्ति समाजका केन्द्रीय सचिब निर्मल नेपाली, अधिबक्ता एवं शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धिताल,पत्रकार अञ्जना चौधरी,सरीता चौधरीले सरकारले संबिधानमा उल्लेख गरेका अधिकार नदिनु बिडम्बना भएको बताए ।
राज्यले विभिन्न नीति, नियमावली, कार्यविधि, निर्देशिका लगायत दस्तावेज ल्याउने गरेको भएपनि लक्षित बर्गले त्यसको लाभ लिन नसकेको उनीहरुले बताए ।

संबिधान तथा कानूनमा भएका व्यवस्था अनुरुप अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार तथा सेवा–सुविधाबाट वञ्चित हुनु चिन्ताको बिषय भएको बक्ताहरुको भनाई थियो । शान्ति समाजले बर्षेनी ३ डिसेम्बरलाई अपाङ्गता दिवसका रुपमा मनाउँदै आएको छ ।

शाखा सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सचिब निर्मला डाँगी र सहजिकरण सहसचिव उषा गौतमले गरेकी हुन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *