२०८३ मङ्सिर ९ गते मङ्गलवार

सुन्दर छबिका सुन्दर ‘सुरेन्द्र’


तुलसीपुर, मंसिर ६ । सुन्दर छबिका सुन्दर ‘सुरेन्द्र’ले यस पटक दाङ क्षेत्र नं. ३ मा काँग्रेस भित्रको निर्वाचन जित्नु पर्छ,’ सोमबार मनोनयन दर्तापछि एक युवाले भनेका शब्द हुन यी ।उहाँ किन सुन्दर ? मैले प्रश्न गर्दा, भुईमा जबाफ पर्न नदिदै उनले भने ‘ उहाँ अहिले सम्म कुनै बिबादमा फसेको देख्नु भएको छ ? कतै लाभका लागि मोलाहिज्जा गरेको सुन्नु भएको छ?’

निर्वाचनका क्रममा पक्षको समर्थन र बिपक्षको बिरोध गर्नु राजनीतिक धर्म नै हो । तै, सत्य के हो भने – दाङको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट संघीय सभापति पदमा उम्मेदवार सुरेन्द्रबहादुर खड्का अवश्यपनि कमजोर छैनन् ।

खड्काकै शब्दमा जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता गेहेन्द्र गिरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, लुम्बिनीका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी लगाएतका नेताहरुको साथ समर्थन रहेको हुँदा चुनाब जित्ने दाबी प्रस्तुत गरे ।

‘न्यायप्रेमी मतदातले प्यानल मात्रै हेर्नुहुने छैन,’ उनले भने ‘न्याय अन्यायपनि निसाफ गर्ने छन्।’ सुरेन्द्रको अर्कौ बलियो पक्ष भनेको उनी बिभिन्न संघ संस्थामा आवद्ध हुनुलाई पनि मानिएको छ । आइए सम्मको पढाई पुरा गरेका ५५ बर्षीय सुरेन्द्र हाल उनी राप्ती आँखा अस्पताल तुलसीपुर सञ्चालक समितिका सचिव हुन । केही पहिले उनी रक्षाचौर नमुना माविका विद्यालय ब्यबस्थापन समितिका अध्यक्षको भूमिकामा थिए ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य सरेन्द्र यहाँसम्म आइपुग्दा उनले पनि पार्टीमा ठूलो लगानी छ । दुःख , कष्ट खेपेका छन् । उनको परिवार नै राजनीतिक पृष्ठि भूमिको छ । अहिले पनि उनको परिवारका तीनै पुस्ता काँग्रेसको राजनीतिमा सक्रिय छन् ।
सरेन्द्रको राजनीतिक पृष्ठभू्मीपनि तुलसीपुरस्थित महेन्द्र माविबाटै सुरुवात भएको देखिन्छ । २०३८÷२०४० को दशकमा उनी नेविसंघको साधारण सदस्य बनेर तत्कालिन मुभभेन्टमा खुसुखुसु काम गरे थिए । जतिखेर प्रतिबन्धित अवस्था थियो ।

टोपबहादुर केसी क्षेत्रीय सभापति हुँदा २०६२ सालमा सुरेन्द्र क्षेत्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । त्यसपछि २०६७ मा जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । घनश्याम रेग्मी जिल्ला सभापति हुँदा उनी जिल्ला सहसचिब पदको जिम्मेवारीमा थिए ।
१३औं महाधिबेशनमा पनि उनी जिल्ला कार्यसमिति सदस्यमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरि निर्वाचित भए । अहिले १४औं महाधिबेशनका क्रममा सुरेन्द्र दाङ निर्वाचन क्षेत्र नं. ३ को संघीय सभापतिमा उम्मेदवारी दिएका छन् ।

हरेक फिल्डमा काबिल युवा पुस्ता नेतृत्वमा आउनु पर्छ भन्ने मान्नेता राख्ने सुरेन्द्र आफ्नो उम्मेदवारी त्यसैका लागिव भएको बताउँछन् । ‘ पार्टी भित्र उचित नीति, बिधि र प्रबिधिको उचित रुपमा आत्मसाथ गरि युवालाई मुलधारमा ल्याउन मेरो उम्मेदवारी हो,’ सुरेन्द्रले भने ‘ पुस्तान्तरण, रुपान्तरण अहिलेको अहम मुद्दा हो ।’

आफुले जिते पार्टी र संगठनलाई चलाएमान बनाउने प्रतिबद्धता सुरेन्द्रले ब्यक्त गरे । उनले स्वच्छ प्रतिपर्धा भएमा आफुले सुबिधाजनक बहुमतले जित्ने दाबी गरे ।

‘उत्साह, जोश र जाँगरका साथ म मैदानमा उत्रिएको छु,’ सुरेन्द्रले भने ‘ तीन जना बीचको भिडन्तको लाभ मेरै पोल्टामा पर्ने निश्चित छ ।’
निर्वाचनका क्रममा जितको दाबी जस्ले सबै उम्मेदवारले गर्नु अन्यथा होइन । जसका असली हकदार मतदाता हुन्छन् । क्षेत्र नं. ३ का ८ सय बढी मतदातले मंगलबार ब्यालक बक्समा गरेको मतदानले सुरेन्द्र संघीय सभापति बन्ने वा नबन्ने भविस्यमो छिनोफानो गर्ने छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *