२०८३ मङ्सिर ९ गते मङ्गलवार

काँग्रेस दाङमा नेता दीपक गिरी प्यानलबाट ५ जनाले प्रदेश सभापति जिते

पश्चिम दाङमा पनि बढारियो गेहेन्द्र गिरीको प्यानल

तुलसीपुर, मंसिर ५ । नेपाली काँग्रेसको १४औं अधिबेशन अन्तरगत दाङमा संस्थापन इतर पक्ष बलियो देखिएको छ । जिल्लामा शनिबार भएको निर्वाचनको परिनाम नियाल्दा केन्द्रीय सदस्य दीपक गिरीको प्यानल हाबी बनेको छ ।

जिल्लाका छ प्रदेश निर्वाचन क्षेत्रहरु मध्य पाँच वटामा संस्थापन इतर पक्षधर अर्थात दीपक गिरीको प्यानलका उम्मेदवार सभापतिमा निर्वाचित हुनुले त्यही कुराको पुष्टि गरेको जिल्लाका एक नेताले बताए । ‘ आफ्नो रबाफ र प्रभाव रहेको भनिएको पश्चिम दाङमा समेत गेहेन्द्र गिरीको प्यानल बडारिएको छ,’ ती नेताले भने ‘ जसले अब जिल्लामा दीपक गिरीको प्यानल मजबु्त भएको पुष्टि गरेको छ ।’

निर्वाचन परिनाम अनुसार दाङको निर्वाचन क्षेत्र नं. १ (क) मा श्रीपद चौधरी र १ (ख) मा निर्वाचित दिनेश गिरी दुबै संस्थापन इतर पक्षधर हुन । यी दुबै स्थानमा उनीहरुका प्यानल नै बिजयी भएका छन् ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नं. २ (क) को सभापतिमा निर्वाचित प्रकाश श्रेष्ठ मात्रै संस्थापन पक्षधर रहेको नेपाली काँग्रेस दाङका एक जना पदाधिकारीले बताए । यहाँपनि उनको प्यानल नै निर्वाचित भएको छ । संस्थापन पक्षबाट प्रदेश सभापतिमा जित्ने श्रेष्ठ जिल्लाका एक्ला सभापति हुन ।

दाङ निर्वाचन क्षेत्र नं. २ (ख) को सभापतिमा निर्वाचित अभियान बस्नेतपनि संस्थापन इतर पक्षधर हुन । यहाँ बस्नेतलको टिमले अधिकाँस पदहरुमा जितेपनि केही पदहरुमा संस्थापन पक्षधर पनि निर्वाचित भएका छन् ।
त्यस्तै निर्वाचन दाङ क्षेत्र नं. ३ (क) मा देबेन्द्र रिजाल र निर्वाचन क्षेत्र नं. ३ (ख)मा खिमबहादुर वली प्रदेश सभापतिमा निर्वाचित भएका छन् । उनीहरु दुबै जना संस्थापन इतर पक्षधर हुन । रिजालको प्यानलबाट एक जना सचिव बाहेक अन्य सबै पदाधिकारीले जितेका छन् भने वलीको सम्पूर्ण प्यानल निर्वाचित भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *