दाङ, कात्तिक २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा वडा अधिबेशनका लागि आइतबार मतदान जारी छ । जिल्लाका ८१ मध्ये ५२ वटा वडाहरु अर्थात ६० प्रतिसत वडाहरुमा शनिबार नै सर्वसम्मत नेतृत्व चयन भइ सकेको छ ।
ती वडाहरुमा वडा कार्यसमिति र क्षेत्रीय समिति सर्वसम्मत रुपमा चयन भइ सकेका छन् । आइतबार बिहान ९ बजेदेखि बाँकी २९ वडामा नेतृत्व चुन्न मतदान सुरु भएको छ ।
जिल्ला निर्वाचन परिचालन समितिका सदस्य बीरेन्द्र यादवले नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये १७ वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जानकारी दिए ।
नेपालगन्जका वडा नं। ३, ४, ५, ७, ८, १०, ११,१२, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ नम्बर वाडहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
त्यस्तै नरैनापुर गाउँपालिकाको ६ वटा वडामध्ये ४ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । त्यहाँ वडा नम्बर १, ३, ४ र ५ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
त्यस्तै जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा र वडा नम्बर ६ मा वडा सभापति बाहेक अन्य सबै पदमा नेतृत्व चयन भइसकेको छ ।जिल्लाको खजुरा गाउँपालिकाको ८ वटा वडा मध्ये ६ वटा वडामा शनिबार नै सर्वसम्मत नेतृत्व चयन भएको छ ।
त्यहाँका वडा नम्बर १, २, ५, ६, ७ र ८ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । त्यस्तै डुडुवा गाउँपालिकाको १देखि ६ वडा सम्म सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
राप्ती सोनारी गाउँपालिकाको ९ वटा वडा मध्ये ५ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । यहाँ वडा नम्बर १, ३, ५, ७ र ९ मा शनिबार नै सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।
त्यस्तै कोहलपुर नगरपालिकाको १५ वटा वडा मध्ये ५ वटा वडाहरु १, ४, ७, ९ र १५ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाको बैजनाथ गाउँपालिकाका ८ वडाहरु मध्ये ७ वटा वडाहरु १, २, ३, ४, ५, ६ र ७ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले सर्वसम्मत नेतृत्व चयन हुन नसकेका बाँकी २९ वटा वडाहरुमा मतदान सुरु भएको जानकारी दिए । बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
बाँकेमा वडादेखि जिल्ला तहसम्मको संशोधित अधिबेशन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका र नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको अधिबेशन गर्ने गरि तालिका सार्वजनिक गरिएको छ ।
यसअघि क्रियासिल सदस्यता बिबादका कारण अधिबेशन हुन सकेको थिएन । त्यो बिबाद सुल्भिएपछि शनिबारदेखि बाँकेमा वडा अधिबेशनको प्रक्रिया सुरु भएको थियो ।
