
दाङ, जेठ २९ । विभिन्न अभियान सञ्चालन गर्दै आएका ज्ञानेन्द्र शाहीको समुहमाथि सुर्खेतमा आक्रमण भएको छ ।
मध्यरातमा भएको आक्रमणबाट शाही र उनका साथीहरु घाइते भएका छन् ।
शाहीको टाउको , खुट्टा, अनुहार लगाएत शरिरका बिभिन्न भागमा चोट पटक लागेको जिल्ला प्रहरी कर्यालय सुर्खेतले जानकारी दिएको छ । हाल उनीहरुको उपचार सुर्खेतमै भइरहेको पनि प्रहरीले जनाएको छ ।
आक्रमण पछि उक्त समुहले शाहीले बितरणको लागि लैजाँदै गरेका स्वास्थ्य सामाग्रीहरु समेत लुटेर लगेको शाहीका एक साथीले बताए ।
शाही र उनका साथीहरुमाथि आक्रमण कस्ले गरेको हो ? भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी वशन्त पन्तले मध्यरातमा शाहीको समुहमाथि आक्रण्मा भएको खवर आउनासाथ प्रहरी पुगेर उद्धार गरि उनीहरुलाई अस्पताल पु¥याएको जानकारी दिए ।
उनले आक्रमणमा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिइएको जानकारी दिएपनि नाम खुलाउन भने चाहेनन् ।
शाही र उनका साथीहरुले भने नेकपा एमालेका कार्यकर्ताले आफूहरुमाथि ज्यान मार्ने उदेश्यका साथ बाटोमा ढुकेर आक्रमण गरेको आरोप लगाएका छन् ।
‘एमाले भित्रको केपी ओली समुहले हामीमाथि बाटो ढुकेर आक्रमण ग¥यो,’ उनका एक साथीले भने ‘ हाम्रो हत्या गर्ने उदेश्यका साथ आक्रमण भएपनि हामी मुस्किलले ज्यान जोगाउन सफल भयौं ।’उनले आफ्नो मुख तथा अनुहारमा मुक्का आक्रमणबाट चोट पटक लागेको जानकारी दिए ।
