तुलसीपुर, जेठ २८ । तुलसीपुरको गहते खोलामा शुक्रबार मध्यान्ह १२ बजेतिर गोली चलेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित गहते खोलामा कुला पानीको बिषयलाई सोही वडाको चन्द्रगञ्ज निवासी २४ बर्षीय पूर्णबहादुर वलीलाई गाउँलेहरुलाई लक्षित गरि गोली चलाएका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले कुलापानीको बिषयमा सामान्ने भनाभनका क्रममा वलीले आँफुसंगै ल्याएको पेस्तोलबाट एक राउन्ड फायर गरेपछि पेस्तोल त्यही छोडेर भागेको जानकारी दिए ।
घटनास्थलमा एक राउन्ड गोलीको खोका र पेस्तोलमा लोडेड अरु ६ राउन्ड गोली फेला परेको पनि डिएसपी सिंहले बताए ।
खेतमा पानी सिंचाईको बिषयमा कुलापानीको बिषयमा सामान्ने भनाभन हुँदा वलीले गोली चलाएको र त्यसपछि फरार भएका उनलाई पौंने १ बजेतिर प्रहरीले तुलसीपुर ८ स्थित पातुखोला किनारबाट पक्राउ गरेको थियो ।
‘ गोली चलेको कुरा सुनेपछि प्रहरीले चारैतिर घेरा हालेका थियो,’ डिएसपी सिंहले भने ‘ आरोपित वली भाग्दै गर्दा हामीले पातुखोलास्थित क्रसर उद्योग नजिकबाट वलीसहित अर्का एक जनालाई मोटरसाईलक मार्फत भाग्दै गर्दा नियन्त्रणमा लिएका हौं ।’
पक्राउ पर्ने अर्का ब्यक्ति तथा मोटरसाईकल चालक स्थानीय २१ बर्षीय आकाँश चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वली यसयघि इण्डिया बस्दै आएको भन्ने खुल्न आएको छ । उनले प्रयोग गरेको हतियार मेसिन मेड नभइ होममेड रहेको पनि प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जाकारी दिएको छ ।
