२०८३ भाद्र २६ गते शुक्रवार

दाङमा निषेधाज्ञा खुकुलो पारियो

तुलसीपुर, जेठ २५ । दाङमा बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । हप्तामा दूई दिन आलोपालो गरि सञ्चालन गरिदै आएका बैंक तथा बित्तिए संस्थाहरु दैनिक रुपमा दिउँसो दूई बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

त्यस्तै यसअघि सञ्चालन हुँदै आएका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले फरककोणलाई बताए । तर, उनले जिम क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुँरा, चिया पसल, खाजा घर, सैलुन जस्ता पसलहरु भने सञ्चालन गर्न नपाइने जानकारी दिए ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसीएमसीको बैठकले असार १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रजिअ पौडेलले बताए ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *