
तुलसीपुर, जेठ २४ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिति दाङले विपन्न परिवारको घर निर्माणमा सहयोग गरेको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ निवासी दलबहादुर शाहुको घर निर्माण गर्न आबश्यक इट्टा, बालुवा, सिमेन्ट सहयोग गरेको हो । त्यसका साथै खाद्यन्न सहयोग पनि गरिएको छ ।
चामल, नुन, तेलसहित करिव २२ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियारले बताए।निर्माण समाग्री तथा खाद्यान्न बितरण कार्यक्रममा नेकपा तुलसीपुर नगर इन्चार्ज अमर खड्का, युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्र विक, युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियार, जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली, तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खेमराज वली,घर निर्माण अभियानका संयोजक विप्लव वलीको सहभागिता रहेको थियो ।
निर्माण सामाग्री तथा खाद्यान्न बितरण कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले कोभिड माहामारिको यो विषम परिस्थितिमा संगठन निरन्तर जनसेवामा जुटिरहेको बताए। उनले भने ‘हामी निरन्तर जनतासंगै जनताको सेवामा,राहात बितरण,श्रमदान लगाएत सेवामा तल्नि छौं ।’घर निर्माण अभियानमा आर्थिक सहयोग संकलन गर्न संयोजक शंकर भुसालले भूमिका निर्वाह गरेका थिए ।
निर्माण सामाग्री तथा खाद्यान्न बितरण कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल दाङका इन्चार्ज मनोज परियारले गरेका थिए । कार्यक्रमको सहजिकरण संगठनका जिल् .ला अध्यक्ष तुलसी चौधरीले गरेका थिए।युवा संगठन नेपाल दाङको समन्वय र नेकपा दाङको आयोजनामा जेष्ठ २२ गते कोरोना बिशेष अस्पताल बेलझुन्डीमा विरामी कुरुवा प्रतीक्षालय निर्माण गरि हस्तान्तरण गरिएको थियो।
