
तुलसीपुर, जेठ २३ । जिल्ला प्रहरी कार्यालय घोराही नजिकैको एक होटेलबाट ६ जना पक्राउ परेका छन् ।उनीहरुको साथबाट एक लाख ३९ हजार सात सय नगद बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्र रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही १५ का ४१ बर्षीय सुधिर न्यौंपाने, ३२ बर्षीय सञ्तोष पराजुली, ४५ बर्षीय प्रकाश पोखरेल, २९ बर्षीय भिम खत्री , २४ बर्षीय होमराज रोका र होटेलका साहु २९ बर्षीय दीपक थापा रहेको जिल्ला प्रहरी प्रबक्ता रिजालले बताए ।
शनिबार बेलुका ६ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित गौरीदीप होटेलमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरिक्षक मोहनजंग थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले छापा मोरर उनीहरुलाई पक्राउ गरेको थियो । उक्त होटेल जिल्ला प्रहरी कार्यालयदेखि जम्मा तीनसय मिटर दक्षिणमा रहेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
