२०८३ भाद्र २६ गते शुक्रवार

कोरोनाका कारण कपिलबस्तुका डा. रजौरीयाको मृत्यु


कपिलबस्तु, जेठ २० । रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

३५ बर्षीय डा. पशुपति रजौरीयाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । डा. रजौरियाले कोभिड विरुद्धको खोप लगाएका थिएनन् ।

केही महिना पहिले मात्रै विवाह गरेका डा. रजौरीकी श्रीमति डा. हसिना वानु भने केही दिन पहिले मात्रै कोरोना मुक्त भएकी थिइन । उनीहरु दुवै जना एउटै अस्पतालमा कार्यरत थिए । रजौरीको घर कपिलवस्तु हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *