२०८३ असार १ गते सोमवार

मंगलबारसम्म मेट्रो अस्पतालका ६१ जनाले कोरोना जितेर घर फर्किए


तुलसीपुर, जेठ १८ । तुलसीपुर मेट्रो अस्पतालका ६१ ज्नाले कोरोना जितेर घर फर्किएका छन् ।कोरोना आइसोलेसनबाट मंगलबारसमम ६१ जनाले कोरोना जितेर घर फर्किएका हुन । मंगलबार तुलसीपुर र शान्तिनगरका २ जना कोरोना जितेर घर गएका छन् ।

उनीहरुलाई राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई र रामलखन हरिजनले स्वास्थ्य सामग्री दिएर विदाई गरेका थिए ।
सो अवसरमा भट्टराईले स्थानीय तहले आफ्नै लगानीमा अक्सिजन सहितको ५० बेडको आइसोलेसन अस्पताल सञ्चालन गर्नु उदाहरणीय काम भएको बताए ।

मेट्रो अस्पतालमा मंगलबारसम्म एक सय १८ जना कोरोना संक्रमित बिरामी उपचारका लागि आएका छन् । ती मध्य ५ जनाको भने मृत्यु भएको थियो । तर, ६१ जना निको भएर घर फर्किएको तुलसीपुरका फोकल पर्सन बिमल केसीले बताएका छन् । त्यहाँबाट ३४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्नु परेको केसीले बताए ।

हाल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । बैशाख २८ गतेराति ११ बजेदेखि यो अस्पताल सञ्चालनमा आएको थियो ।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले अस्पतालको व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले सहयोग गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *