२०८३ जेष्ठ १२ गते मङ्गलवार

बिप्लव नेकपाले बेलझुण्डी अस्पतालमा प्रतिक्षालय निर्माण गर्दै

बेलझुण्डी, जेठ १८ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङले कोरोना बिशेष अस्पताल बेलझुण्डी परिशरमा बिरामीका कुरुवाका लागि प्रतिक्षालय निर्माण कार्य सुरु गरेको छ । कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरुवा बस्नका लागि सहज होस भनेर प्रतिक्षालय निर्माण गर्न थालिएको उक्त पार्टीले जनाएको छ ।

मंगलबार बिहान एक कार्यक्रमका बीच प्रतिक्षालयको सिलन्यास गरिएको छ । नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितल वलीले प्रतिक्षालयको सिलन्यास गरेका हुन । नेकपाका कार्यकर्ताको श्रमदानबाट प्रतिक्षा निर्माण गर्न लागिएको उक्त पार्टीका दाङ जिल्ला सेक्रेटरी प्रदीप वलीले जानकारी दिए । प्रतिक्षालय निर्माण गर्न दैनिक १० देखि २० जना नेता कार्यकर्ता श्रममा खटिने वलीले बताए ।

पार्टीले निर्माण गर्न थालेको प्रतिक्षालय हप्ता दिन भित्र निर्माण पुरा गरि अस्पताल प्रशाशनलाई हस्तान्तरण गरिने उदेश्य रहेको जिल्ला सेक्रेटरी वलीले बताए । निर्माणधिन प्रतिक्षालय निर्माण गर्दा लाग्ने आवश्यक जस्ता पाता, फलामे डण्डिहरु भने ब्यबसायीले सहयोग गर्न लागेको जानकारी दिइएको छ ।

सरकारले उत्तरदायी भएर काम गरेन – केन्द्रीय सदस्य सितल
शिलान्यास पछि जिल्ला इञ्चार्ज शितल वलीले कोरोना विरुद्ध राज्यले प्रचारात्मक रुपमा केही गरेपनि मूलभुत रुपमा जनताप्रति उत्तरदायी भएर काम नगरको बताएका छन् । जनताको जीबनरक्षालाई बेवास्ता गर्दै राज्यले सत्ता लुछाचुडीको बेमौसमी बाजा बजाइरहेको वलीले दोषारोपन गरे ।

बेलझुण्डी अस्पताल परिशरमा कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरुवाहरु बस्ने तथा पानी पर्दा ओत लाग्ने ठाउँ समेत नरहेको हुँदा आफुहरुले प्रतिक्षालय निर्माण गर्ने योजना बनाएको वलीले तर्क गरे ।

प्रतिक्षालय निर्माणमा केही जनताप्रति उत्तरदायी व्यवसायीहरुको सहयोग रहेको र प्रतिक्षा निर्माणको काम पार्टीका नेता कार्यकर्ताको श्रमदान बाट पुरा गरिने जिल्ला इञ्चार्ज वलीले जानकारी दिए ।

प्रतिक्षालय निर्माण कार्यका लागि पार्टीको लक्ष्य योजना अनुसार काममा खट्न उनले कार्यकर्तालाई निर्देशन दिए । उनले भने ‘ हाम्रो श्रमदानले एक साता भित्रै प्रतिक्षालय निर्माण कार्य पुरा हुने छ ।’

कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपानेले प्रतिक्षालय निर्माण भए बिरामीका आफन्तललाई सुबिधा मिल्ने आशा ब्यक्त गरे । कोरोना अस्पताल नजिकै नेकपा दाङले प्रतिक्षालय निर्माण गर्ने जमर्कौ गर्नु निकै सकारात्मक र जनहितको कार्य भएको उनले बताए ।

शिलान्यास कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंह, बिप्लव नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिप वली,युवा संगठन नेपालका केन्द्रीय सदस्य द्वोय तिलक योगी र बिरेन्द्र बिक लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *