
तुलसीपुर, १६ जेठ । दाङमा घर भएर विदेशमा बस्दै आएका विभिन्न व्यक्तिहरुले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१ घर भइ हाल युकेमा बस्दै आएका मेघराज ढकाल, श्रीगाउँ निबासी मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका–८ घरभई हाल यूएसए बस्दै आएका ललित चालिसे, तुलसीपुर –५ निबासी प्रविन गौतम, तुलसीपुर–९ घरभइ हाल अस्ट्रेलिया निबासी यज्ञ ढकाल र तुलसीपुर १ घरभई हाल काठमान्डौ बस्दै आएका लोकराज ढकालले कोरोना आइसोलेसन संचालन भएको मेट्रो अस्पताललाई उक्त सामग्री सहयोग पठाएका हुन ।
कन्सट्रेटरले प्रति मिनेट १० लिटर अक्सिजन उत्पादन गर्ने क्षमताका छन् । ती उपकरण तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको हो ।
विदेशमा भएर पनि आफ्नो गाउँ–ठाउँका बिरामीहरुका लागि सहयोग गरेकोमा मेयर पाण्डेले धन्यबाद ज्ञापन गरेका थिए । ती कन्सट्रेटर युवराज आचार्यले हस्तान्तरण गरेका हुन ।
