
तुलसीपुर,जेठ ९ । सामाजिक उत्तरदायित्व पुरा गर्दै तुलसीपुर क्षेत्रका पोल्ट्री ब्यबसायीहरुले मिलेर अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक साहेता प्रदान गरेका छन् । आइतबार तुलसीपुर उद्योग बाणिज्य संघ मार्फत समितिका अध्यक्ष ताराप्रसाद पौडेलले ५१ हजार नगद सहयोग उद्योग बाणिज्य महासंघका अध्यक्ष रामप्रशाद चालिसेलाई हस्तान्तरण गरेका हुन ।
महामारीको समयमा तुलसीपुर क्षेत्रमै निर्माण गर्न थालिएको अक्सिजन प्लान्ट स्थापनामा सहयोग पुगोस भन्ने उदेश्यले पोल्ट्री ब्यबासयीले बाणिज्य संघ मार्फत उक्त सहयोग प्रदान गरेको संघका महासचिव बिनिल केसीले जानकारी दिए ।
यसअघि पनि उद्योगी ब्यबसायीहरुको छाता संगठन तुलसीपुर बाणिज्य संघ मार्फत अक्सिजन प्लान्ट स्थापना गर्न सहज होस भनेर बिभिन्न उद्योगी ब्यबासायीले सहयोग गर्दै आएका छन् । संघका पदाधिकारी र पूर्व अध्यक्ष बिमल रिजाल अक्सिजनको अभावमा छटपटाई रहेका सर्वसाधारणका लागि अक्सिजन सिलिण्डरको जोहो गर्ने अभियानमा सक्रिय छन् ।
रिजालले देश बिदेशमा रहेका नेपालीहरुबाट समेत सहयोग प्राप्त हुँदै आएको जानकारी दिए ।‘बिपदको समयमा कसरी मानिसहरुको ज्यान जोगाउने भन्ने सवाल यतिखेर अहम सवाल हो,’ रिजालले भने ‘ जस्ले जहाँबाट जे जस्तो सहयोग गर्न सकिन्छ त्यो सहयोग मानविय नाताले गर्न जरुरी छ ।’तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र अक्सिजन प्लान्ट ब्यबस्थापकको जिम्मेवारी पाएका रिजाल सहयोग जुटाउने कार्यमा सक्रिय पूर्वक लागि परेका छन् ।
महासचिव बिनिल केसीले देश बिदेशबाट बिभिन्न ब्यक्ति र उद्योगी ब्यापारीहरुलाई सहयोगको लागि अपिल गर्दैै आएको तथा प्राप्त सहयोग हस्पिटलमा अक्सिजन प्लान्ट स्थापनार्थ प्रदान गर्दै आएको जानकारी दिए ।
महासिचव केसीले अक्सिजन प्लान्ट स्थापनार्थ ५१ ह्जार आर्थिक साहेता प्रदान गर्ने पोल्ट्री ब्यबासयी समितिलाई धन्यबाद ज्ञापन गरेका छन् । साथै उनले अन्यलाई पनि सहयोगी हातहरु बढाउन अपिल गरेका छन् ।
