२०८३ जेष्ठ १६ गते शनिवार

ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान


दाङ, जेठ ७ । सकारात्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ देशका ७ वटै प्रदेशका केन्द्र राजधानिमा रहेका ट्राफिक प्रहरीलाई आज शुक्रवार एकै साथ दिउसो १ वजे स्वास्थ्य सामग्रि प्रदान गरिएको छ ।

कोरोना महाँमारीको यो विषम परिस्थितीमा नेपाली काङग्रेसको नेतृत्व विकास समिती, केन्द्रिय निती, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा नागरिकको सुरक्षार्थ हरप्रहर खट्ने सुरक्षाकर्मिहरुको स्वास्थ्य लाई मध्यनजर गर्दै सो सामग्रि प्रदान गरिएको हो ।

सोहि अनुरुप लुम्विनी प्रदेशको राजधानी दाङको तुलसीपुरमा एक कार्यक्रमका विच जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसी लाई स्वास्थ्य सामग्रि फेस सिल्ड,मास्क र सेनिटाईजर प्रदान गरिएको छ ।

सामाजिक दुरी कायम गर्दै कङग्रेस नेतृ शुष्मा गिरीको अध्यक्षता एवं कङग्रेस दाङका सभापती कृति वहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी खड्काले यो संकटको समयमा सहयोगि भावना सवैमा जाग्न जरुरी रहेको वताए । उनले अहिले कोरोना महाँमारिका कारण देश आक्रान्त वनेको यस परिस्थीतीमा सवै मिलेर यसको सामना गर्नुको विकल्प नरहेकोमा जोड दिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख जिसीले यो जटिल समयमा सुरक्षित रहन स्वास्थ्य मापदण्ड पालना गर्दै लकडाउनको पुर्ण पालना गर्न सवैमा आग्रह गरे । साथै उनले स्वास्थ्य सामग्रि प्रदान गरेकोमा आयोजक लाई धन्यवाद दिदै यसले ट्राफिक प्रहरीको स्वास्थ्यमा महत्वपुर्ण भुमिका खेल्ने वताए ।

स्वास्थ्य सामग्री अन्तरर्गत ८३ फेस सिल्ड, ४ सय थान मास्क र ५ लिटर सेनिटाईजर प्रमुख जिसीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको सहजिकरण नेपालि कङग्रेस दाङका जिल्ला सदस्य तथा कङग्रेस केन्द्रिय निती अनुसन्धान तथा प्रशिक्षण विभाग नेतृत्व विकास विषयगत समितीका विज्ञ देवा डाँगीले गरेकी थिईन ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *