२०८३ असार १ गते सोमवार

उपकुलपति भण्डारीले बुवाको पुन्यतिथिमा रोटरी क्लबलाई १ लाख बढी सहयोग गरिन


घोराही, जेठ ७ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले आफ्नो बाबु तेजमानसिंह भण्डारीको बार्षिक पुण्यतिथिको अवसरमा रोटरी क्लब अफ दाङलाई आर्थिक सहयोग गरेकी छन् ।

रोटरी क्लब अफ जावलाखेल मञ्जुश्रीमा आबद्ध रहेकी उपकुलपछि भण्डारीले आफू आबद्ध क्लबको तर्फबाट १० हजार र आफ्नो बुवाको बार्षिक पुण्यतिथिको अवसर पारेर १ लाख १ हजार गरि १ लाख ११ हजार रुपैंया आर्थिक सहयोग गरेको जानकारी दिइन ।

कोरोनाको महामारीमा अप्ठेरोमा परेका सडक मानबहरुको खाना, नाना र छानाको सहयोगार्थ बुवाको दोस्रो पुन्यतिथिको अवसरमा आफुले उक्त सहयोग गरेको उपकुलपति भण्डारीले जानकारी दिएकी छन् ।

रोटरी क्लब अफ दाङ मार्फत उनले जिल्लामा सामाजिक कार्यहरु गर्न सहयोग पु¥याउने उदेश्यले उक्त सहयोग गरेको बताइन । सहयोग रकम उनले रोटरी क्लब अफ दाङका अध्यक्ष चेतनारायण पाण्डेको खातामा ईसेवामा मार्फत पठाएको जानकारी दिइन ।

सामाजिक कार्य गर्नका लागि सहयोग दिएर हौसला थप्ने उपकुलपति भण्डारीलाई रोटरी क्लब अफ दाङका अध्यक्ष पाण्डेले धन्यबाद दिएका छन् ।

पाण्डेले दाताको चाहाना अनुसार उक्त सहयोग रकम कोरोनाको महामारीमा अप्ठेरोमा परेका र मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको खाना, नाना र छानाको लागि खर्च गरिने बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *