२०८३ असार १ गते सोमवार

बाँकेमा दाङका २ सहित थप १७ जना कोरोना संक्रमितको मृत्यु

दाङ, जेठ ५ । बाँकेमा दाङका दूईसहित थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बेलुका ५ बजे गढवा गाउँपालिका वडा नं. ७ की ३० बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै बुधबार बिहान साढे ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ६५ बर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । 

मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको वलीले जानकारी दिएका छन् । 

मृतक मध्य दूई जना दाङका, एक जना रुकुम पश्चिमका, तीन जना बर्दियाका, दूई जना कैलालीका र थप  नौ जना बाँके जिल्लाका रहेका छन् । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । 

यो संगै बाँकेमा कोरोनाका कारण हालसम्म ४६२ जनाको मृत्यु भएको छ । जसमा बाँके जिल्लाका २५३ र बाहिरी जिल्लाहरुबाट त्यहाँ उपचारका लागि लगिएका २०९ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *