काठमाडौं, जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
आइतबार राति १२ बजेपछि नया मूल्य अनुसार अब देखि पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ रुपैया कायम भएको छ ।
आयल निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
