तुलसीपुर, बैशाख २२ । कोरोना बिशेष अस्पताल बेलझुण्डीका बुधबार चार जना संक्रमितको मृत्यु भएको छ । बुधबार राति सवा ९ बजे बबई गाउँपालिका वडा नं. ४ का ४० बर्षीय पुरुष र घोराही उपमहानगरपालिका वडा नं. ९ का ६५बर्षीय पुरुषको मृत्यु भएको छ ।
अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार उनीहरुको मृत्यु एकै साथ भएको थियो ।
वलीका अनुसार बबईका पुरुष बैशाख १५ गतेदेखि र घोराहीका पुरुष बैशाख १७ गते उपचाररत थिए । उनीहरुको स्वास्थ्यमा सुधार नआएपछि एकै साथ दूई ब्यक्तिको मृत्यु भएको ब्यबस्थापक वलीले जानकारी दिए ।
यसअघि बुधबार नै घोराहीका थप दूई व्यक्तिको बेलझुण्डी अस्पतालमा मृत्यु भएको थियो भने बाँकेमा थप एकजनाको मृत्यु भएको थियो ।
एकै दिन घोराहीका चार र बबईका एक जना गरि दाङका पाँच जनाको कोरोनका कारण मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
