काठमाडौं,वैशाख १७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
