२०८३ असार ११ गते बिहिवार

हेलिकप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

बाग्लुङ,मंसिर १४ । बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका(३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए ।

हेलिकप्टरमै सवार उनले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिए ।

उनका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ ।

यस्तै हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *