२०८३ असार १० गते बुधवार

बढ्दो सवारी दुर्घटना ः ४ महिनामा २६ जनाले ज्यान गुमाए

तुलसीपुर,मंसिर ९ । दाङमा सवारी दुर्घटनाको सङ्या दिनानुदिन बढ्दै गइरहेको छ । बढ्दो सवारी साधनको चापसंगै जिल्लामा दुर्घटनाको सङ्या बढेको हो ।

ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो ४ महिनामा सवारी दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका छन ।

यी मध्ये दशै र तिहार बिचको समयमा १७ सवारी दुर्घटनाबाट ११ जनाले ज्यान गुमाएका छन भने ३५ जना घाइते भएका छन ।

तथ्याङ्क अनुसार ४ महिनाको अवधिमा १ सय ७ सवारी दुर्घनामा परेका छन ।

उक्त दुर्घटनाबाट १ सय ३ जना गम्भिर घाइते भएका छन भने ३४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख थम्मन जिसीले जानकारी दिए ।

उनका अनुसार साउन महिनामा २९,भदौमा २३,असोजमा १३ र कात्तिक महिनामा १५ सवारी दुर्घटनामा परेका हुन ।

यी मध्ये सबैभन्दा बढी मोटरसाइकल ६९ वटा दुर्घटनामा परेका छन । त्यस्तै जिपकार १०,बस ५,ट्रक÷ट्यान्कर ५,टिप्पर २,ट्याक्टर २,ट्याम्पो ९,शारिरिक शक्तीबाट चल्ने (शाइकल÷रिक्सा) ५ वटा दुर्घटनामा परेको ट्राफिक प्रमुख जिसीले जानकारी दिए ।

जिल्लामा दुर्घटनाबाट २० पुरुष,३ महिला र ३ बालक गरि २६ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको जिसीले जानकारी दिए ।

उनका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुको गल्ती, खराब सडकका कारण धेरै दुर्घटना हुने गरेका छन् ।

१६ हजार सवारी कारवाहीमा

दाङमा चालु आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने १६ हजार सवारी कारवाहीमा परेका छन ।

जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मापसे सेवन गरि सवारी चलाउने ३ सय ९ वटा दुर्घटना भएका छन भने सिट बेल्ट नलगाइ चलाउने १ सय २ वटा,मोवाइल÷फोन प्रयोग गरि सवारी चलाउने १ सय ३६ वटा,ओभरलोड बोक्ने २ हजार ३ सय ७३ वटा,छतमा यात्रा गर्ने सवारी १ हजार ५७ वटा,प्रयोजन विपरीत ९६ वटा,ओभरटेक गर्ने ५,तिब्रगतिमा सवारी चलाउने १५ वटा लगाएतका नियम पालना नगर्ने गरि १६ हजार सवारी कारवाहीमा परेका छन ।

यसैबिच ट्राफिक नियम विपरीत सवारी चलाउने १६ हजार सवारीलाई कारवाही गर्दा ९९ लाख ६१ हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफिक प्रमुख जिसीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *