२०८३ असार १० गते बुधवार

धनुषामा एक वडाध्यक्षको कोरोनाका कारण मृत्यु

जनकपुरधाम, मंसिर ४ । धनुषामा कोरोना संक्रमित एक वडाध्यक्षको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका ६ का ७० बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको मृत्यु भएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको विहीवार विहान मृत्यु भएको हो ।

उनलाई मंसिर १ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।

कात्तिक अन्तिम तिर ज्वर आएपछि उनी उपचाकार लागि पुष्पवलपुर स्वास्थ्यचौकीमा पुगेका थिए ।

स्वास्थ्य सुधार नभएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । मोक्तान तत्कालिन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *