२०८३ असार २ गते मङ्गलवार

दाङ र कर्णाली एक अर्काका परिपूरक : मुख्यमन्त्री शाही


तुलसीपुर, कात्तिक २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दाङ कर्णाली प्रदेशको आधार भएको वताएका छन् । कर्णालीको मुख्यबजारका रुपमा दाङ रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले दाङ र कर्णालीलाई लिंक गर्न आवश्यक रहेको बताए ।

‘दाङ र कर्णाली अलग अलग प्रदेश भएपनि परिपुरक जस्तै हुन्’ मुख्यमन्त्री शाहीले भने ‘ उनले दाङ समृद्ध भए कर्णाली र कर्णाली समृद्ध भए दाङ संमृद्ध हुनेछ ।’

सुर्खेत र सल्यान दुवै सडकले दाङलाई कर्णालीसँग जोडेको हुँदा यी दूई प्रदेशको सम्वन्ध निकै मजबुत रहेको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाको स्वागत कार्यक्रममा बुधवार मुख्यमन्त्री शाहीले मिलेर विकासका पूर्वाधारमा काम गर्न आग्रह गरे । दाङ विकासका दृष्टिले धेरै सम्भावना बोकेको जिल्ला भएको उनले बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडक खण्ड निर्माणको अन्तिम चरणमा पुगेको बताए ।

त्यस्तै उनले राप्ती राजमार्गका लागि १२ करोडको ठेक्का समेत भइसकेको जानकारी दिए । कर्णालीका विद्यार्थी दाङमा धेरै पढ्नका लागि आउने गरेको प्रशंग जोड्दै ज्वालाले तुलसीपुरसँग मिलेर संयुक्त लगानीमा कर्णाली होस्टेल निर्माणको काम अगाडी वढाउने चाहाना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले राप्ती राजमार्ग निर्माणको कामलाई अगाडी वढाउन आग्रह गरिन ।

‘हामी सँगै जोडिएका छौ विकास पनि सँगै गर्ने हो,’ उनले भनिन् । कार्यक्रममा नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले कर्णाली र दाङको सम्वन्ध नङ र मासुको जस्तै रहेको तर्क गरे । उनले तुलसीपुर विमानस्थल प्रयोग गरेर कर्णाली प्रदेशमा माउन्टेन फ्लाईट चलाउन आग्रह गरे । कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष विरवहादुर विकले दाङ–सल्यानको बैकल्पिक सडकको रुपमा दाङ–मखनटाकुरी– लुहाम सडक विस्तारको पहल गर्न अनुरोध गरे । कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका हुन ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *