२०८३ असार ११ गते बिहिवार

रुपन्देहीमा थप एकजना संक्रमितको मृत्यु

बुटवल,कात्तिक २४ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा। नारायण पोखरेलले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ र लुम्बिनी प्रदेशमा २०५ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *