२०८३ असार ९ गते मङ्गलवार

नेपाल मोउन्टेन बाइकका लागि स्वर्णिम भूमि हो – पुस्कर शाह

तुलसीपुरमा साईकल लेन बनाउने नगरप्रमुख पाण्डेको प्रतिबद्धता

तुलसीपुर,कात्तिक २३ ।विश्व साइकल यात्री पुस्कर शाह नेतृत्वको साईकल टोली आइतवार दाङ आइपुगेको छ । मेची–महाकाली साईकल टुरमा निस्किएको साईकल यात्रीहरुको टोली टोलीलाई तुलसीपुरमा स्वागत गरिएको छ ।

झन्डै एक दर्जन जति साईकल यात्री सहभागी उक्त टोली महाकालीवाट हिडेको ५ औं दिनमा शािनवार बेलुका अमेलिया आइपुगेको थियो । यो साईकल टुर २४ दिनको हो । त्यहाँवाट टोली तुलसीपुर आएर घोराहीमा गएर बास बसेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ मेची महाकाली यात्रामा निश्किएको टोलीलाई नेपाल पर्यटन बोर्डले दूईवटा बसहरु पनि सहयोगका लागि उपलब्ध गराएको छ ।

ती बसले बन्दोबस्तिका सामानहरु बोक्ने गरेका छन् । साईकल यात्रीको टोली जहाँ रात पर्छ टेन्ट गाँगेर त्यही बास बस्ने गर्छ । आफ्नो खाना आँफै पकाउने गर्छ । त्यसका लागि आवश्यक ग्याँस र खाद्यान्न पनि बोकेर हिडेको छ ।

यात्राको क्रममा आइतवार दाङको तुलसीपुरस्थित राप्ती शान्ति बाल उद्धाननमा आइपुगेका पुस्कर शाहले कोरोना भाइरसवाट जोगिन, आन्तरिक पर्यटन प्रवद्र्धनमा साईकल पर्यटनको विकाश गर्ने सन्देशका साथ आफुहरु टुरमा निस्किएको तर्क गरे ।

सगरमाथा आरोहरण समेत गरेका शाहले नेपालमा साईकल चलाउनेहरुलाई गरिव हो भनेर सोच्नु वा आर्थिक हैसित कमजोर भएकाहरुले मात्रै साईकल चलाउँछन् भन्ने चिन्तन रहनु गलत बुझाई भएको उनले बताए ।

विश्व साईकयात्री शाहले एसइई उत्तिर्ण हुनसाथ आफ्ना नानी बाबुलाई रोजाएर मोटरसाईकल किनुदिनु भन्दा एउटा साईकल किनिदिएर बाँकी पैंशा बैंकमा जम्मा गरि उनीहरुको पढाईमा खर्च गर्न आग्रह पनि गरे । उनले नेपाललाई माउन्टेन बाइकका लागि स्वर्णिम भूमि भएको तर्क । ‘म साइकलबाट १ सय ५५ देश पुगेर फर्केर आएको हुँ,’ शाहले भने ‘ नेपाल संसारको सुन्दर हिरा नै हो र हिरामाथि उभिएर हामीले हिरा खोजी रहनु परेको छ ।’

साईकल चलाउँदा वातावरण प्रर्दशन नहुने, पेट्रोल नचाहिने हुँदा पैंशापनि वचत हुने तथा मानिसको स्वास्थ्यपनि राम्रो हुने शाहले बताए । नेपालमा साइकल उत्सवमा साइकल यात्रीहरु निस्कीएको भन्दै उनले सुन्दर पश्चिमको चादँनी दोधारादेखि सुरु भएको यात्रा सुदुर पूर्वको इलाममा गएर समाप्त हुने जानकारी दिए । टोलीले १ हजार ६ सय २४ किलोमिटर साइकल यात्रा गर्ने छ ।

साइकल टोली सोमवार यूठानको स्वर्गद्धारी प्रस्थान गर्ने छ । त्यस्तै मंगलवार भालुवाङ् हुदै ल्ुुम्बिनी, भैरहवा, बुटवल, तानसेन, स्याङ्जावालिङ्, पोखरा, नाराणगढ, हेटौडा, चिलगढी, जनकपुर, गाइघाट, धरान, विराटनगर, विर्तामोड हुदै इलामको सुर्यद्धोयनगरपालिकामा पुग्ने छ ।

साईकलको लागि दाङमा डेडिकेटेड लाईन बनाउन पहल गर्छु – मेयर पाण्डे
साईकल टोलीलाई आइतवार राप्ती शान्ति उद्यान पार्क गणेशपुरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले फूल मालाले स्वागत गरे । त्यसक्रममा नगरप्रुमख पाण्डेले तुलसीपुरलाई साईकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘साईलक लेन नै नभएपनि डेडिकेट्ड लेन बनाउन भूमिका खेल्ने छु,’ पाण्डेले भने ‘ साईकलले शहरका रुपमा कसरी विकाश गर्न सकिन्छ भन्ने सोचिरहेका छांंै।’ यसैबीच उनले दाङको तुलसीपुरदेखि मुगुको रारासम्म हवाई उडान सुरु गर्ने तयारी भइरहेको बताए ।
उनले तुलसीपुरदेखि रारा सम्म साईकल टुर आयोजना गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *