
काठमाडौं, कात्तिक २३। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ कोरोना संक्रमित थपिएका छन्। यो सहित अहिलेसम्म १ लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी दिएका छन ।
काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।
यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
