
बुटवल, कार्तिक २३ । कोरोनाबाट रुपन्देहीमा थप एकजना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिका –१ का ५५ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको हो ।
आइतबार बिहान साढे १० बजे कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार थालिएको तीन घण्टापछि आइतबार दिउँसो साढे १ बजे उनको मृत्यु भएको प्रवक्ता डा. विष्णु गौतमले बताए । उनी उच्च रक्त चापसम्बन्धी रोगबाट ग्रसित थिए ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
