२०८३ असार १३ गते शनिवार

कोरोनाका कारण रोल्पाका ५६ बर्षीय पुरुषको बाँकेमा मृत्यु

दाङ, कात्तिक २३ । रोल्पाका ५६ बर्षीय एक पुरुषको कोरोना भाइरसका कारण बाँकेमा मृत्यु भएको छ । रोल्पाको लिबाङ नगरपालिका वडा नं. ४ का ती पुरुषको शनिवार राति  सवा १२ बजेरित  कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई कात्तिक १४ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि गएराति उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

उनी बिगत एक वर्षदेखि जन्डिसको विरामी थिए । मृतकको शवको व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ । यो संगै बाहिरी जिल्लावाट बाँकेमा उपचारका लगिएका २९ जनाको मृत्यु भएको छ ।

हालसम्म बाँकेका  ३५ र २९ बाहिरी जिल्लावाट उपचारका लागि लगिएका थप २९ जना गरि कुल ६४ जनाको कोरोनाका कारण मृत्यु भएको  फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *