२०८३ असार ११ गते बिहिवार

कलाकार मनोज गजुरेलको आइसियूमा राखेर उपचार हुँदै


काठमाडौं, कात्तिक २१ । चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेललाई आइसियूमा राखेर उपचार थालिएको छ । गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेशनमा बसेका थिए । तर बुधवार एकाएक स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

बिहीवार उनलाई आईसियूमा सारिएको सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *