
काठमाडौं,कात्तिक १८। नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । लामो समयदेखि सुगर र उच्च रक्तचापका बिरामी उनको अचानक रक्तचाप कम भएपछि सोमबार राति १०ः३० बजे निधन भएको पारिवारले जनाएकाे छ ।
कास्कीबाट प्रतिनिधित्व गर्नुभएका सांसद केसी लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए भने ३ वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
व्यवसायीक रुपले पनि निकै परिचित केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक हुन् । परिवारका अनुसार उनकाे मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार गरिने जनाएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
