२०८३ असार ५ गते शुक्रवार

तुलसीपुर कोरोना अपडेट – कुल संक्रमितको संख्या ५१४ पुग्यो, ४ जनाको मृत्यु

सोमवार थपिए १६ नयाँ संक्रमित

तुलसीपुर, कात्तिक १७ । सोमवार तुलसीपुरमा १६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो । तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार उनीहरुको कात्तिक १३ र १४ गते स्वाब संकलन गरिएको थियो ।

जसमा तुलसीपुर वडा नं. ५ मा २ महिला र ७ पुरुष गरि ७ जना, वडा नं. ६ मा २ महिला र १ पुरुष गरि ३ जना, वडा नं. १६ मा १ महिला र २ पुरुष गरि ३ जनालाई संक्रमन पुष्टि भएको छ । त्यस्तै वडा नं. १७, १८ र १९ मा थप १ ÷१ जना पुरुषलाई संक्रमन पुष्टि भएको छ ।

यो सहित तुलसीपुरमा कुल संक्रमितको संख्या ५ सय १४ पुगेको छ । त्यसमध्य ३ सय ८५ पुरुष र १ सय २९ महिला रहेका छन् । तुलसीपुरमा हाल सक्रिय संक्रमितको संख्या १ सय ४१ रहेको छ । जसमा ९५ पुरुष र ४६ महिला रहेका छन् ।

हालसम्म तुलसीपुरका ३ सय ७३ जना कोरोना मुक्त भएर घर फर्किएको फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । तुलसीपुर निवासी ४ जना पुरुषको हालसम्म कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *