२०८३ असार २ गते मङ्गलवार

शान्तिनगर २ वडा कार्यालयले भारत जाने मदजुरवाट सिफारिस बाफत प्रतिव्यक्ति ५ सय असुल्दै


तुलसीपुर,कात्तिक १७ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ को वडा कार्यालयले रोजगारीको सिलसिलामा भारत जान खोज्ने सर्वसाधारणवाट सिफारिस दिए बाफत प्रतिव्यक्ति पाँच सय रुपैंया असुल्दै आएको तथ्य उजागर भएको छ ।

आइतवार कार्यालयमा रोजगारीका लागि भारतको गुवा जना सिफारिस बनाउन गएका स्थानीय २३ बर्षीय सुनिल खड्कासंग वडा कार्यालय पाँच सय रुपैंया असुलेको रसिद सार्वजनिक भएको छ । भारत प्रबेश गर्दा भारतीय सुरक्षाकर्मीले सिफारिस नलगे फर्काउने र दुःख दिने गरेको हुँदा आफु वडा कार्यालयमा सिफारिस लिन जाँदा वडा कार्यालयले पाँच सय रुपैंया असुलेको खड्काले गुनासो गरेका छन् ।

भारतको गुवास्थित एक होटेलमा कुकको काम गर्ने खड्का दशैं मान्नका लागि घर आएका थिए । होटेल सञ्चालकले फोन मार्फत छिटो आउन ताकेता गरेको हुँदा आफु भारत जान सिफारिस लिन वडामा जाँदा पाँच सय रुपैंया लागेको खड्काले बताए ।

स्थानीय सतबहादुर पुन, आषिश खड्का, तेजबहादुर वलीपनि सिफारिस लिन वडा कार्यालयमा गएको र वडा कार्यालयले सबै संग समान ५ ÷ ५ सय रुपैंया मागेको खड्काले बताए । शान्ति नगर २ का वडाध्यक्ष फर्साराम डाँगीले गाउँ कार्य पालिकाको निर्णय अनुसार वडा कार्यालयले विदेश जाने व्यक्तिबाट उक्त रकम लिएको जानकारी दिएका छन् ।

तर गाउँपालिकाका प्रबक्ता तथा वडा नं. ६ का वडाध्यक्ष रवि बुढाथोकीले भने गाउँपालिकाले सिफारिस दिए वाफत रकम लिने निर्णय नगरेको हुँदा रकम असुल्नु गलत भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *