२०८३ असार १० गते बुधवार

बबई क्याम्पस, आँखा अस्पताल र प्रदेश प्रहरी कार्यालय निर्माण गर्न उपमहानगरले दियो डेढ करोड बजेट

तुलसीपुर, कात्तिक १७ । तुलसीपुर उपमहानगरपालिकाको गौरबका रुपमा रहेको राप्ती बबई बहुमुखी क्याम्पसले संरचनाको अभाव झेलिरहेको थियो । यो क्याम्पस गरिव, विपन्न र निम्न आय भएका विद्यार्थीले अध्ययन गर्ने थलो हो ।

तर पछिल्लो विश्वविद्यालय अनुदान आयोगले भौतिक पूर्वाधार निर्माणमा म्याचिङ्ग फण्डको लागि उपमहानगरपालिकाले रकम दिएपछि हाल क्याम्पसको अडिटोरिएम हल निर्माण पुरा भएको छ । विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै त्यो हललाई पार्टेशन गरेर कक्षा सञ्चालन गर्ने गृहकार्य भइरहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

त्यसका साथै उपमहानगरपालिकाकै सहकार्यमा प्रदेश सरकारबाट ५० लाखको लागतमा क्यान्टिन समेत निर्माण भएको छ । राप्ती बबई बहुमुखी क्याम्पस सञ्चालन समितिका सदस्य मोहन भण्डारीले दाताहरुका कारण क्याम्पसमा भौतिक संरचना निर्माण गर्न संभव भएको भन्दै खुसी साटे ।

राप्ती आँखा अस्पताल

त्यस्तै राप्ती आँखा अस्पतालमा ओपिडि भवन निर्माण गर्न उपमहानगरपालिकाले अस्पतालसँग समपुरक अनुदानमा ५० लाख रुपैया उपलब्ध गराएको छ । हाल भवनको फिनिसिङ्गको कामपनि नगरपालिकासँगको सहकार्यमा गर्ने सहमति भएको नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।

त्यस्तै नेपाल रेडक्रम सोसाईटीको भवन निर्माण गर्न उपमहानगरपालिकाले ५० लाख अनुदानमा सहयोग गरेपछि भवन निर्माणको काम पुरा भएको छ । रेडक्रसका अध्यक्ष नारायण कुमार आचार्यले स्थानीय सरकारको सहयोग विना काम भवन निर्माणको गर्न संभव नरहेको बताए । नगर प्रमुख घनश्याम पाण्डेले विभिन्न संस्थागत भवन निर्माणको कामलाई उपमहानगरपालिकाले अगाडि वढाएको जानकारी दिए ।

‘तुलसीपुरमा महत्वपूर्ण कार्यालय स्थापना गर्न हामीले विभिन्न सहयोग गरेका छौ,’ प्रमुख पाण्डेले भने । उपमहानगरपालिकाका वजेट तथा योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार तुलसीपुरस्थित प्रदेश प्रहरी कार्यालयको भवन निर्माणका लागि ३१ लाख प्रदान गरेको जानकारी दिए ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ

त्यस्तै पक्की नाला निर्माणका लागि ३ लाख, सशस्त्र प्रहरी वल सुरक्षा वेस क्याम्पको पर्खाल र गेट निर्माण ३ लाख, अपाङ्ग समाज सुधार केन्द्रको भवन निर्माणका लागि ४ लाख, निमित्त राष्ट्रसेवक समाजको भवन निर्माणका लागि ४ लाख, इलाका प्रहरी कार्यालयको वन्दी गृह निर्माणका लागि करिव ८ लाख, पार्किङ्गका लागि करिव ३ लाख, युनाइटेड भवनको कार्यालय निर्माणका लागि साढे २ लाख सहयोग गरिएको प्रमुख खड्काले बताए त्यस्तै तुलसीपुर नगर जेसीज र लायन्स क्लवको भवन निर्माणमा पनि उपमहानगरपालिकाले विभिन्न सहयोग गरेको बताएको छ ।

आर्थिक अभावमा कुनैपनि संस्थागत संरचना निर्माणको काम पछाडि नपर्ने मेयर पाण्डेले वताए । काम गर्ने संस्थाहरुलाई योजना लिएर आए चाहिए जति रकम उपलब्ध गराउने उनले विश्वास दिलाए ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *