२०८३ असार २ गते मङ्गलवार

प्रदेश सभामुखसहितको टोलीले राप्ती प्राविधिक शिक्षालयको निरिक्षण ग¥यो

तस्विर गणेश ओलीको फेसबुकबाट

देउखुरी, कात्तिक १४ । लुम्बिनी प्रदेशका सभामुख, उपसभामुख र मन्त्रीसहितको टोलीले राप्ती गाउँपालिका क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । हिउँदे अधिवेशन स्थायी राजधानीको केन्द्र दाङको राप्ती गाउँपालिका क्षेत्रमै गर्नको लागि सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कानुन मन्त्री कुलबहादुर केसी लगाएतको टोलीले स्थलगत अनुगमन गरेको छ ।

टोलीले राप्ती प्राविधिक शिक्षालयमा हिउँदे अधिवेशन गर्न गरि स्थलगत अवलोकन गरेको हो । राप्ती प्राविधिक शिक्षालय १६ विगाहा क्षेत्रफलमा फैलिएको छ । जससंग साना ठूला गरि करिव ३ दर्जन भवनहरु रहेका छन् ।

राप्ती शिक्षालयको अवलोकन पछि राप्ती गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । जसमा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले हिउँदे अधिवेशन बसाल्ने भौतिक पूर्वाधार तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *