
काठमाडौं,कार्तिक ७ । पछिल्लो २४ घण्टामा चार हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६८ जना निको भएका छन् भने हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ।
प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार