२०८३ असार १० गते बुधवार

उदयपुरमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

कार्तिक २। उदयपुरमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११:५५ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानेको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत गाडी सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जानेको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

प्रहरीका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *